Categories
Nepali

हाम्रो बारे

 

 

हामी नेपाल सम्बत प्रयोगकर्ताहरूको समुदाय हौँ । हामी सक्रिय रूपमा नेपाल सम्बतको औपचारिक मान्यताका निम्ति वकालत गर्छौँ र आफ्नो दिनहुँ जीवनमा नेपाल सम्बतको प्रयोग गर्छौँ । हामी सबै नेपाल सम्बतलाई आफ्नो जीवन र क्षेत्रमा व्यापकता दिने विभिन्न अभ्यासहरू अन्वेष गर्दछौँ । #JheeguNepalSambat

 

 

[यो सूची बढि नै रहन्छ ]

 

१) किरण श्रेष्ठ २२ नखिपोत परिवारमा स्व-कार्यन्वयन, स्टार्ट-अपमा कार्यन्वयन (भविषयमा सुरु गरे), निवेदन / पत्रमा नेसं मिति लेख्छु, नेसं मितिको जन्मदिन मनाउँछु
२) राजीव श्रेष्ठ ३६ मिनभवन दिनहुँ, धार्मिक र सांस्कृतिक प्रयोजनका लागि
३) नरेन्द्र श्रेष्ठ २३ फम्पि कागजी काम र मेरो पसलमा
४) ज्वाला भद्र ४० सक्व म मेरो चित्रकलाहरूमा नेपाल सम्बत प्रयोग गर्छु
५) नरेश नेवाः ५३ ख्वप अब न्हिल्याः अनुसारकै नेपाल सम्बत प्रयोग गर्छु ।
६) फ्रायेन्की फ्रान्ज २२ धलको, काठमाडौँ म सक्दो सबै क्षेत्रमा नेपाल सम्बतको प्रयोग गर्नेछु । इतिहासमा हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पात्रोलाई प्रयोग गर्नु मेरो गौरव हो । हामी नेपाल सम्बतलाई दैनिकी पुस्तक, पत्र वा व्यापारिक स्ट्याम्पमा प्रयोग गर्न सक्छौँ जसले इन्डाइरेकट ढङ्गले नेपाल सम्बतलाई प्रमोट गर्नेछ । औपचारिक रूपमा पनि नेपाल सम्बतको प्रयोग गर्न सकिन्छ । हाम्रो सम्पदा जोगाउन हामी जुटौँ ।
७) आनन्द मानन्धर ३०  पाकन्डोल, सूर्यविनायक-१ मेरो सम्पदा (वास्तुकला र संस्कृति) सम्बन्धिको अभिलेखिकरणमा नेपाल सम्बतको प्रयोग गर्छु ।
८) सुरोज महर्जन २६ ख्वना, यल निवेदान पत्रहरू लेख्दा नेपाल सम्बतको प्रयोग गर्छु । त्यसो केही लेख्नु परे नेपाल सम्बत न्हिल्याः प्रयोग गर्नेछु ।
९) रुक्शना कपाली २१ यल म मानव अधिकारको क्षेत्रमा काम गर्छु । नेसं ११३७ देखि सक्रिय भएर म कार्यरत विभिन्न समूह र आफ्नो व्यक्तिगत कामकाजमा समेत निवेदन लेख्दा, कुनै दस्तावेजमा, कुनै लेखमा वा प्रतिवेदनमा म सँधै नेपाल सम्बतको प्रयोग गर्छु । नेवाः समुदाय मात्र नरहेको समूहमा इसं र विसं सँगै नेसं पनि राख्ने गरिरहेको छु भने नेवाःहरू मात्र रहेको समूह र कुनै समूहसँग सरोकार नराख्ने आफू एक्लैले गर्ने कामहरूमा म नेपाल सम्बत नै प्रयोग गर्छु । वडा, नगरपालिकामा दिने निवेदन देखि सिंहदरबार पठाउने, संसद पठाउने, मन्त्रीपरिषद इत्यादी पठाउने निवेदनहरूमा विभिन्न समूहहरूबाट पठाउँदा नेपाल सम्बत पनि र आफूले व्यक्तिगत रूपमा पठाउँदा नेपाल सम्बत मात्र प्रयोग गर्ने गरेको छु । मेरो व्यक्तिगत प्रतिवेदन, निवेदन, लयागतमा आफूले दर्ता गराउन दिँदा अहिले सम्म अधिकांश सरकारी निकायहरूके रोकतोक गरेको छैन । कतिले विसं पनि लेख भन्छ । मैले म्हां भनेर लेख्ने गरेको छैन । किनभने मेरो विचारमा विसं मिति लेख्नबित्तिकै नेसं मिति ‘छ’ जस्तो मात्र हुन्छ । त्यस्तो निवेदनको जवाफ आउँदा कसैले ‘तपाइँको निवेदन मिति यति यतिमा प्राप्त भयो’ भनेर उनीहरूको कार्यालयमा दर्ता भएको मिति उल्लेख गर्छ भने कसैले ‘तपाइँले नेसं यति यतिमा बुझाएको निवेदन’ भनेर नेसं मिति नै उल्लेख गर्छ । तर यसमा बाधा नआएको हैन । म पनि संस्थापक रहेको एउटा संस्थामा नेपालभाषा पनि प्रयोग गर्ने र नेपालभाषाको दस्तावेजमा नेपाल सम्बतको आधारमा अभिलेख राख्ने निर्णय गरेको थियो । उक्त संस्थामा नेसं ११३९ देखि यस्तो गरिरहेँ । तर अर्को साल नेसं ११४० पुग्दा नेपाल सम्बतमा राखेको अभिलेखमा मिति यता उति भयो । नेपाल सम्बतमा तिथि मात्र हुनाले त्यसको आधारमा टुट-फुट भैरहने भएर त्यसबाट हिसाब किताबमा ठूलो गडबडी देखियो र गञ्जाहोलको माहोल सृजना भयो । नेसं ११४०मा थप एक महिना हुने र त्यसको अभिलेख अर्को सालमा कसरी मिल्न पुग्छ जस्तो विषयले झनै अन्योलता ल्यायो । त्यसपछि फेरी पात्रो हेरेर इसं मिति लेखेर मिलाउनु पर्यो । यद्यपि नेसं ११४१ बाट सौर्यमानक पात्रो ‘न्हिल्याः’ पनि हुनाले यस्तो समस्या अब आउँदैन । मेरो लागि यसरी नै नेपाल सम्बत प्रयोग चलिरहन्छ ।

Share and Enjoy !

0Shares
0 0