Categories
पर्वते कुरा

चन्द्रमासिक नेपाल सम्बत

 

 

नेपाल सम्बत नेसं १ (२० अक्टोबर ८७९) देखि चन्द्रमासिक पात्रोका रूपमा सुरु भएको हो । बोलीचालीको भाषामा यो चन्द्रमासिक नेपाल सम्बतलाई ‘तिथि कथंया नेपाल सम्बत’ [तिथि अनुसारको नेपाल सम्बत] भनिन्छ ।

 

चन्द्रमासिक नेपाल सम्बत चन्द्रमाले पृथ्वी घुम्ने समयावधिमा आधारित छ । यसमा हरेक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ ।

 

महिनाहरू

तिथि अनुसारको नेपाल सम्बत वा चन्द्रमासिक नेपाल सम्बतको सामान्य वर्षहरूमा १२ महिना र तीन वर्षमा एकचोटी १३ महिना अनि लगभग २ दशकमा एकचोटी ११ महिना हुने गर्दछ ।

 

अक्सर हुने १२ महिना यस प्रकारको छ :-

१) कछला
२) थिंला
३) प्वँहेला
४) सिल्ला
५) चिल्ला
६) चौला
७) बछला
८) तछला
९) दिल्ला
१०) गुंला
११) यंला
१२) कौला

 

प्रत्येक तीन वर्षमा एकपटक थपिने १३औँ महिनाको नाम ‘अनला’ हो । लगभग दुई दशकमा एक महिना हराउँछ वा लुप्त हुन्छ । त्यसरी हराएको एक महिनालाई ‘न्हंला’ भनिन्छ ।

 

तिथि अनुसारको नेपाल सम्बत चन्द्रमाले पृथ्वी घुम्ने आधारमा गनिन्छ । तर पृथ्वीमा मौसम र हावा पानी परिवर्तनको निर्धारण पृथ्वीले सूर्य घुमेको आधार हुन्छ ।  चन्द्रमा पृथ्वीलाई घुम्न २९ दिन, १२ घण्टा, ४४ मिनेट र ३ सेकेण्ड लगाउँछ । चन्द्रमामा आधारित एक वर्ष ३५४ दिन, ८ घण्टा, ४८ मिनेट, ३४ सेकेण्ड हुन्छ । पृथ्वीले सूर्यलाई घुम्न ३६५.२५ दिन लगाउँछ । यो हिसाबमा चन्द्रमासिक पात्रो वा तिथि अनुसारको नेपाल सम्बत प्रत्येक वर्ष ११ दिनले पछि पर्दै जान्छ । क्रमशः यो पात्रो मौसमी समयबाट ताढिँदै जान्छ । त्यसैले तीन वर्षमा एकपटक एउटा सिङ्गो महिना थपेर उक्त खाडललाई पुर्ने प्रयास गरिन्छ ।

 

त्यसैले तिथि अनुसारको नेपाल सम्बत पूर्णतः चन्द्रमासिक नभएर चन्द्रसौर्यमासिक पनि भनिन्छ ।

 

तिथि

चन्द्रमाको आफ्नै प्रकाश छैन । जब सूर्यको प्रकाश चन्द्रमामा पर्छ, तब चन्द्रमालाई पृथ्वीमा देखिन्छ । चन्द्रले पृथ्वी घुम्दा पृथ्वीको कुनै निश्चित स्थानबाट चन्द्रमा कतिको देखिन्छ भन्ने आधारमा ‘तिथि’को मूल्यांकन हुन्छ । चन्द्रमा पृथ्वी भन्दा सानो छ । त्यसैले पृथ्वीको हरेक कुनाबाट चन्द्रमा एकैनाश रूपले देखिँदैन ।

 

पृथ्वीबाट चन्द्रमा पूर्ण रूपले देखिने दिन ‘पुन्हि’ वा ‘पूमिला’ (पूर्णिमा) हो भने पृथ्वीबाट चन्द्रमा पूर्ण रूपले नदेखिने दिन ‘आमै’ वा ‘खिंमिला’ (औंशी) हो ।

 

नेपाल सम्बतको एउटा चन्द्रमास भनेको औंशी देखि अर्को औंशी सम्मको समय हो । औंशीको भोली पल्ट देखि महिना सुरु भई औंशीको दिन अन्त्य हुन्छ । यस अवधिलाई दुईवटा पक्षमा विभाजन गरिएको छ । पूर्णिमा तर्फ लाग्दा पूर्णिमा सम्मको समयावधिलाई ‘थ्व’ र औंशी तर्फ लाग्दा औंशी सम्मको समयावधिलाई ‘गाः’ भनिन्छ । यी तिथिहरूको नाम यसरी छ ।

 

 

क्रसं तिथिको नाम
नेपालभाषा संस्कृत
थ्व
पारु प्रतिपदा
दुतिया द्वितिया
तितिया तृतीया
चौथि चतुर्थी
पन्चमि पञ्चमी
खस्तमि षष्ठी
सप्तमि सप्तमी
अस्तमि अष्टमी
नःमि नवमि
१० दसमि दशमी
११ एकादसि एकादशी
१२ दुवादसि द्वादशी
१३ त्रयदसि त्रयोदशी
१४ चःह्रे चतुर्दशी
१५ पुन्हि पूर्णिमा
गाः
पारु प्रतिपदा
दुतिया द्वितिया
तितिया तृतीया
चौथि चतुर्थी
पन्चमि पञ्चमी
खस्तमि षष्ठी
सप्तमि सप्तमी
अस्तमि अष्टमी
नःमि नवमि
१० दसमि दशमी
११ एकादसि एकादशी
१२ दुवादसि द्वादशी
१३ त्रयदसि त्रयोदशी
१४ चःह्रे चतुर्दशी
१५ आमै औंशी

 

प्रत्येक महिनामा दिनहरू

चन्द्रमासिक पत्रो तिथि अनुसार चल्छ । चन्द्रमासिक पात्रो अनुसार कुनै महिनामा निश्चित दिनहरू हुँदैन । २७ देखि ३१ दिनको अन्तरालमा जुनसुकै महिनामा जति पनि दिन हुन सक्छ ।

 

एक तिथि एक दिन होइन । कुनै एक तिथि २४ घण्टा भित्र जुनसुकै समयमा सुरु हुने र जुनसुकै समयमा अन्त्य हुन सक्छ । यसको कुनै निश्चित प्याट्रन छैन । कहिलेकाहीँ एकै दिनमा दुई तिथि पर्न सक्छ । जस्तै बिहान ७ बजे सम्म पुन्हि रहनु र ७ बजे पछि पारु तिथि सुरु हुनु । कहिलेकाहीँ तिथि तुत हुन सक्छ । पारुबाट दुतिया नआई तितिया तिथिमा जान सक्छ । कुनै तिथि एक दिन भन्दा बढी समय सम्म पनि रहन सक्छ ।

 

तिथि लेख्ने ढाँचा

नेपाल सम्बतको तिथि वर्ष-महिना-पक्ष-तिथि ढाँचामा लेखिन्छ । जस्तै: नेसं ११४० कछलाथ्व पारु

 

दुईवटा तिथि एकैदिन देखाउँदा दुबै तिथि लेख्ने चलन छ । जस्तै : नेसं ११४० थिंलागाः दुतिया/तितिया

 

एकै तिथि दुई दिन दोहोरिँदा १/२ गरि छुट्याएर लेख्ने चलन छ । जस्तै: नेसं ११४० कछलाथ्व पारु-१, नेसं ११४० कछलाथ्व पारु-२

 

नयाँ वर्ष

नेपाल सम्बतको तिथि अनुसारको नयाँ वर्ष स्वन्ति नखःमा म्ह पुजाको दिन पर्दछ ।

 

नेसं ११४० सम्म नेपाल सम्बतमा तिथि गणना मात्र प्रचलना थियो भने नेसं ११४१ देखि न्हिल्याः गणना पनि सुरु भयो । नेसं ११४१ न्हिल्याः पात्रो २० अक्टोबर २०२० देखि सुरु भयो भने तिथि अनुसारको नेसं ११४१ पात्रो १५ नोभेम्बर २०२०मा ।

 

चाडपर्व

नेपाल सम्बतको तिथि अनुसार चाडपर्वहरू मनाइने गरिन्छ । यस चन्द्रमासिक पात्रो अनुसारका चाडपर्वहरू यसरी रहेका छन् :

पुन्हि (पूर्णिमा)
चन्द्रमासिक महिना पुन्हि
कछला सकिमिला / सकिमना पुन्हि
थिंला यःमरि पुन्हि
प्वँहेला मिला पुन्हि
सिल्ला सि पुन्हि
चिल्ला होलि / फागु पुन्हि
चौला ल्हुति / न्हवं पुन्हि
बछला स्वांया पुन्हि
तछला ज्या पुन्हि
दिल्ला गुरु पुन्हि
गुंला गुँ / गुन्हु / क्वाति पुन्हि
यंला येँयाः पुन्हि
कौला कति / सिघः पुन्हि
अनला अनला पुन्हि

 

आमै (औंशी)
चन्द्रमासिक महिना आमै
कछला लुति अजिमा जात्रा
थिंला गोकरण श्राद्ध
प्वँहेला
सिल्ला
चिल्ला तिंख्यःमा द्यः ल्वाके गरिने, न्यत अजिमा प्याखं, अजिमा जात्रा
चौला मातति आमै
बछला
तछला
दिल्ला
गुंला अबुया ख्वाः स्वयेगु
यंला
कौला लछिमि पुजा
अनला मच्छेनारांद्यः मेला समापन

 

चःह्रे (चतुर्दशी)
चन्द्रमासिक महिना चःह्रे
कछला थ्व बैकुण्ठ चतुर्दशी
गाः बाला चःह्रे, बालु जाने दिन
थिंला थ्व थेच्व जात्रा
गाः दिसि चःह्रे
प्वँहेला थ्व
गाः लैं चःह्रे
सिल्ला थ्व
गाः सिला चःह्रे
चिल्ला थ्व गुरुमापालाई भात खुवाउने
गाः पहाँ चःह्रे, न्यतमरु अजिमा प्याखं
चौला थ्व
गाः मातति चःह्रे
बछला थ्व
गाः
तछला थ्व
गाः दिला चःह्रे
दिल्ला थ्व
गाः गथांमुगः चःह्रे
गुंला थ्व
गाः जुगः चःह्रे
यंला थ्व येँया नखःको क्वनेयाः
गाः नःलास्वने चःह्रे
कौला थ्व
गाः खिचा पुजा
अनला थ्व
गाः

 

पारु (प्रतिपदा)
चन्द्रमासिक महिना पारु
कछला थ्व म्ह पुजा
गाः सक्व माहालछिमि जात्रा
थिंला थ्व
गाः मतिना पारु
प्वँहेला थ्व
गाः सिमंखू बहाःको पोहेला पुजा भ्वय्
सिल्ला थ्व फम्पि माधवनारायण मेला
गाः
चिल्ला थ्व
गाः चकंद्यः जात्रा, नाला करुणामय न्हवं
चौला थ्व असनमा खः ल्वाके गर्ने, चोभाःद्यः न्ह्यवं
गाः बुङ्गद्यः न्हवं, म्हय्‌पि जात्रा, तिसा मालेगु जात्रा
बछला थ्व बुङ्गद्यः रथमा राख्ने
गाः
तछला थ्व
गाः
दिल्ला थ्व
गाः
गुंला थ्व गुंला धर्म सुरु
गाः सापारु
यंला थ्व गुंला धर्म समापन
गाः
कौला थ्व
गाः नरः देय् नारांद्यः जात्रा
अनला थ्व मच्छेनारांद्यः मेला सुरु
गाः

 

Share and Enjoy !

Shares